दफा २५
लेखापरीक्षक र लेखापरीक्षण
(१) बोर्डको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको कुनै लेखापरीक्षकबाट हुनेछ । (२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकले बोर्डको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण गर्दा आफ्नो लेखापरीक्षण प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछः– (क) आय व्यय विवरणमा बोर्डको सो आर्थिक वर्षको आय व्ययको सत्य तथ्य देखिन्छ वा देखिंदैन, (ख) सो आर्थिक वर्षको वासलातमा बोर्डको यथार्थ आर्थिक स्थिति स्पष्ट देखिन्छ वा देखिंदैन ।